जिल्ला प्रशासन मकवानपुरले विदाको दिनमा पनि सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाल सरकारले राजपत्रमा दिएको सार्वजनिक विदाको दिनहरुमा पनि सेवा प्रवाह गर्ने भएको छ ।
प्रशासले बिहीबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले गत चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अन्तरगत दिएको सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु प्रवाह गरिने जानकारी गराएको हो ।
प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘नेपाल राजपत्रमा प्रकाशित सूचना अन्तर्गत सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए बमोजिम मिति २०८० साल बैशाख महिनादेखि मिति २०८० साल चैत्र मसान्तसम्म यस कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु देहाय अनुसारका सार्वजनिक विदाका दिनहरुमा समेत सुचारु रुपमा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
हेर्नुहोस् सूचना ।

