उप–निर्वाचन बहिष्कार गरौं भन्दै प्रचारप्रसार गर्ने चार जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ७, बिहीबार १६:३३

तनहुँ । आइतबार हुन लागेको उप–निर्वाचन बहिष्कार गरौँ भन्दै प्रचारप्रसार गर्ने चार जनालाई प्रहरीले तनहुँको दमौलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका तनहुँ प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उप–निर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।

मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यही बैशाख १० मा उप–निर्वाचन हुँदैछ ।

यस्तै, बैशाख १० मा नै बारा–२ र चितवन–२ मा पनि उप–निर्वाचन हुँदैछ ।