मुख्यमन्त्री जम्मकट्टेलको १०० दिन : नीतिगत निर्णय बाहेक सबै प्रकृयागत काम

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १०:०९
फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार साँझ पत्रकार सम्मेलनको आयोगजना गरी १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।

गत पुस २५ गते सत्तारोहण गरेका मुख्यमन्त्री जम्मकट्टेलले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । राजनीतिक अस्थिरताका कारण बागमती प्रदेश सरकारका ५ वटा मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् भने ६ मन्त्रालयमा मात्र मन्त्री छन् ।
मुख्यमन्त्री नियुक्त भएको १०० दिनमा उनले २ पटक संसदबाट विश्वासको मत लिइसकेका छन् भने सत्ता साझेदारी समेत फेरबदल भएको छ ।

यो अवधिमा मुख्यमन्त्री जम्मकट्टेलले आफ्नो कार्यकालको १०० दिने उपलब्धिको रुपमा केही नीतिगत निर्णय र प्रक्रियागत कामलाई समावेश गरेका छन् । उनले सार्वजनिक गरेको उपलब्धिको ८० बुँदे प्रतिवेदनमा केही नीतिगत निर्णय बाहेक अन्य सबै प्रकृयागत काम समावेश गरिएको छ ।

१४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउनु, राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता संचालन गर्नु, रोजगामुलक तालिम संचालन गर्नु, विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गर्नु, कारागार तथा सुधार गृहमा रहेकाहरुलाई ३ दिने जीवन उपयोगी तालिम संचालन गर्नु, प्रदेशका अस्पतालको सुधारका लागि उपकरणहरु दिनु, केही अस्पतालमा डायलाईसिय सेवाको संचालन गर्नुसहित नियमित संचालन हुने सडक सुधार, कर्मचारीको बढुवा, १३ जिल्लाको सुरक्षा समितिको संयुक्त बैठक लगायतको विषय १०० दिने उपलब्धिमा परेको छ ।

यी हुन् मुख्यमन्त्री जम्मकट्टेलको १०० दिनको उपलब्धिहरु ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab