पर्साबाट पक्राउ परे हेटौंडाका बिक
पर्सा । पर्सा प्रहरीले जिल्लाको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकबाट गएराति अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, १०० एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहनागरपालिका वडा नम्वर ११ बस्ने ३१ वर्षीय बिकी बिक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार, ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
