डीआईजीमा बढुवा सिफारिसविरुद्ध उजुरी

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार १७:१९
file-photo

काठमाडौं । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् ।

उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । बढुवा समितिको चैत्र २९ गते बसेको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।

बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनाल रहेका छन् ।