थप १०४ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
सो अवधिमा १ हजार ६३२ जनामा गरिएको परीक्षणमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज सोमबार थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशर ३ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।
