आज राष्ट्रिय सभाको बैठक बस्दै

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार ०८:१३
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको संसद सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।