लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके । बाँके प्रहरीले लेनदेन मुद्दाको फरार प्रतिवादी एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गादछपालिका वडा नम्वर ८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकी रहेका छन् ।
जिल्ला अदालत बाँकेको २०७९ चैत २७ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।
