थप ९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।
