एकीकृत समाजवादीद्वारा सरकारमा चपाईंलाई पठाउने

तु खबर संवाददाता
२०८० बैशाख ३, आईतवार १६:१८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई सरकारमा पठाउने भएको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको हो ।

राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत्र १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आइतबार ८ औं पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ ।

आजै नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदैछन् ।