ए डिभिजन लिग : आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०८० बैशाख ३, आईतवार ०९:४४
file-photo

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएको छ । आज एक खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने भएको हो ।

च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, सङ्कटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ भने सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे मात्र सुरु हुनेछ ।