गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।
जिल्लाको सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम देखेका थिए । बम देखेलगत्तै उनले प्रहरीमा खबर गरेका थिए ।
उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ
