बुधबार ९२ अंकले बढ्यो शेयर बजार
काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकै दिन शेयर बजारमा हरियाली छाएको छ । आज एकैदिन ४.९३ प्रतिशतले बृद्धि भई ९२.२२ अंकले बढेको छ ।
आज कूल एक अर्ब ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै फाइनान्स समुह ६ प्रतिशतले बृद्धि भएको छ ।
यसअघि मंगलबार नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको थियो । साथै नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको थियो ।



