१२ लाख ठगेको आरोपमा एक जना पक्राउ
काठमाडौं । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फागुनन्द गाउँपालिका–३ घर भएर ललितपुर बस्ने ४५ वर्षीय एकराज नेम्वाङ छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले स्लोभाकिया जान १२ लाख लाग्ने र त्यहाँ प्रति महिना २ लाख कमाई हुने सपना देखाएर पीडितहरुलाई विश्वासमा लिएका थिए ।
प्रहरीले गोंगबुबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभागमा बुझाएको जनाइएको छ ।
