एकैदिन १२४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार १८:१३
file-photo

काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । सोमबार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।