कोरोना संक्रमित बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १५:४१

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक रुपमा बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो भने हाल देशभर सक्रिय संक्रमितको संख्या ३५६ जना पुगेका छन् ।

साथै मन्त्रालयले संक्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ ।