नेपाली नागरिकता लिने तिब्बती महिला प्रहरीको फन्दामा
काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया निमा ल्हामो गुरुङ रहेकी छन् ।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी थिइन् । उनलाई बौद्धबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, २ वर्षअघि तिब्बतबाट भारतको हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्दै आएकी थिइन् ।
नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवाललाई ५ लाख रूपैयाँ दिएर उनले नेपाली नागरिकता बनाएको खुलेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
