२ लाख धरौटीमा छुटे वडाध्यक्ष

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १५:५३

बारा । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरी धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले दिएको आदेशअनुसार, वडाध्यक्ष चौधरी बिहीबार २ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप लागेको थियो ।

सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो ।