देशभर कोभिड–१९ संक्रमितको सक्रिय संख्या ३५८ पुग्यो
काडमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) को सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संखया ३५८ पुगेको स्वास््रथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार, पछिल्लो २४ घण्टामा १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
यस्तै, सो समयावधिमा २७ जना कोरोना संक्रमणमुक्त भए छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
