अदालतले २२ लाख जरिवाना तोकेका न्यौपाने प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार १८:१३
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपाने रहेका छन् ।

न्यौपानेलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई २०७८ मंसिर २७ गते उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

न्यौपानेलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।