सिस्नु टिप्न गएका २ जना नाबालिका मृत फेला
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत अवस्थामा फेला परेका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरु बुधवार सिस्नु टिप्न सेराबाङ गएका थिए । रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । अभिभावकले बिहीबार बिहान मात्रै घटनाबारे जानकारी गराएका हुन् ।
खोजतलासको क्रममा स्थानीय लुपर खोलाको भिरमा उनीहरुको शव फेला परेको छ । घटनाबारे अनुसन्धान गर्न नेपालगन्जबाट कुकुरसहितको टिम परिचालन गरिएको प्रहरीले जनाएको छ ।
