८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ४३ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा ९१ करोडमाथिको कारोबार भएको हो ।
यसअघि बुधबार नेप्से ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६२ कम्पनीको २५ लाख ८४ हजार ४०० कित्ता शेयर किनबेच हुँदा आज जम्मा ८१ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।



