स्रोत नखुलेको १० लाख नगदसहित ३ जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको १० लाख नगदसहित तीन जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन् ।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं। २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा, २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
