थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।
