४५ वर्षीय पुरुषद्वारा आत्मदाह

तु खबर संवाददाता
२०७९ चैत्र २१, मंगलवार १८:०१

पोखरा । पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।

अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान थालेको जनाएको छ ।