थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
सो अवधिमा १ हजार ५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार, हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।
