हेटौंडाका श्रेष्ठसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकबाट लागूऔषध गाँजा करिब २ केजी ९ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–८ बस्ने ३४ वर्षीय सुजन श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अर्का एक जनाको भने प्रहरीले नाम खुलाएको छैन ।
प्रहरीका अनुसार, हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना.७ ख ६८३९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्रक चालक श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको जनाइएको छ ।
