देशभर १४२ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १६:५८
file-photo

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको नमुना परीक्षण गरिएको थियो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।