१७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ
काठमाडौं । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । प्रहरीको लाग औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी दुई भारतीय महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी रहेका छन् । उनीहरु दुबै जनालाई चैत्र १४ गते बुधबार काठमाडौंको दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले भल्लालामीको साथबाट २ किलो ८८७ ग्राम कोकिन र लालिम्पुरीको साथबाट ५ किलो कोकिन बरामद गरेको हो । बरामद भएको कोकिनको मूल्य १७ करोड ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाइएको छ ।
