मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, आजै पुनः वार्ता हुने
काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्ता आजै साँझ पुनः बस्ने गरी दिउँसोको वार्ता स्थगित गरिएको हो ।
मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार, आजै साँझ ६ बजे पुनः वार्ता हुने भएको हो । दिउँसो भएको वार्तामा वार्तामा सरकार र मिटरब्याज पीडितले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्मालाई बुझाएको छन् ।
मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले साँझ पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको उनले बताए ।
