घुस रकमसहित वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र १६, बिहीबार १५:४३
file photo

बुटवल । बुटवलको शुद्धोधन गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वडाध्यक्ष भीमबहादुर यादव, प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी र बिचौलिया विनोद भर रहेका छन् ।

उनीहरुलाई ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई गिट्टी, बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा गाउँपालिकाको चमेना गृहबाट विहान साढे ११ बजे पक्राउ गरेको जनाइएको छ ।