निरन्तर उकालो लाग्यो कोरोना संक्रमित, थप ३४ जना पुष्टि
काठमाडौं । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या १०३ पुगेको जनाएको छ ।
यस्तै,पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
