सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने
काठमाडौँ । दश दलीय सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
सो बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ । त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुनेछ । जसअनुसार सोमबार बिहान मात्रै प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ ।
प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले मन्त्रालयको भागबण्डाबारे सहमति जुटाउन प्रयास गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।
