थप १६ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १७:०१
file-photo

काठमाडौं । देशभर १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ९२१ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पीसीआर विधिबाट २७९ र एन्टीजेनबाट ६४२ नूमना परीक्षण गर्दा १६ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा २ जना संक्रमित निको भएका छन् ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।