चोरी गर्दै हिँड्ने परियार र गौतम पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ११, शनिबार ०८:३९
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मण्डिखाटारस्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतम रहेका छन् ।

गत फागुनमा धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले चोरीको समान गोगबु नयाँ बसपार्कस्थित पञ्चकन्या ज्वेलर्समा बिक्री गरेको बयान दिएकोले उक्त पसलका सञ्चालक तुल बहादुर विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।