माधव नेपालद्वारा तीन मन्त्री र एक मुख्यमन्त्रीमा दावी

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १६:३५
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेर उनले यस्तो कुराको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित गठबन्धनमा रहेका नेताहरुसँग छुटछुट्टै भेटवार्ता भएका छन् ।

भेटवार्तामा मन्त्रालय भागबण्डा र प्रदेश मुख्यमन्त्रीका बारेमा छलफल गरिरहेका छन् । सत्तारुढ दलको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।