वृद्धालाई ह्विलचियर सहयोग

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार १७:४६

हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्पडेक्सले शारिरिक रुपमा अशक्त वृद्धालाई ह्विलचियर सहयोग उपलब्ध गराएको छ ।

लायन बिनोद पौडेलले सौजन्य सहयोग गरेको ह्लिचियर आज हेल्पडेक्सले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ निवासी गंगामाया बस्नेतलाई हस्तान्तरण गरेको हो ।

६७ वर्षीया बस्नेत शारिरिक अशक्तताका कारण समस्यामा थिइन् । ह्विलचियर सहयोग पाएपछि केही राहत मिलेको बस्नेतले बताइन् ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष प्रविण मैनाली, लायन सदस्यहरु प्रवेशराज बरुवाल, प्रविन निरौला, सपना ढकाल कंडेल, अमन यतन गिरी, पत्रकार गंगाप्रसाद पौडेललगायत उपस्थित थिए ।