हेटौंडाका दुई जनासहित १६ जुवाडे पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार १७:२१
file-photo

काठमाडौं । नेपाल प्रहरीले जुवा खालबाट हेटौंडाका दुई जनासहित १६जुवाडेलाई पक्राउ गरेको छ । बुधबार साँझ जिल्लाको मध्यपुर थिमि–१ लोकन्थलीस्थित मझेरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा क्याफेका संचालक दिलीप गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका–१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका–५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका–६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल–१ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी–९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा रहेका छन् ।

मकवानपुरको हेटौंडा–१८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय बिक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक–३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका–६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमार, काभ्रेको मण्डनदेउपुर–३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, पाँचखाल–३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, नमोबुद्ध–७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल र ३६ वर्षीय गोपाल कुईकेल लाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले जुवा खालबाट २ लाख ४२ हजार ८५० रूपैयाँ, ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास बरामद गरेको जनाएको छ ।