बालुवाटारमा गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । बैठक बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो । बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले ६ चैत्रमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।
