मकवानपुर प्रहरीको हिरासतमा ७३ जना

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार १७:१९
file-photo

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा ७३ जना थुनुवा रहेका छन् । एक सयभन्दा बढी थुनुवा राख्ने क्षमता भएको जिल्ला प्रहरी कार्यालयमा हाल ७३ जना थुनुवा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए ।

उनका अनुसार, थुनुवामा रहेकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषधको २० वटा मद्दामा ४३ जना थुनुवा रहेका छन् । लागूऔषध मुद्दामा प्रहरीले हिरासतमा ९० दिनसम्म थुनुवाको रुपमा राख्ने गरेको उनले बताए ।

पछिल्लो समय लागूऔषधको मुद्दा बढ्दै गएको छ । लागूऔषधको मुद्दा बढ्नुमा प्रहरीको सक्रियता धेरै रहेको उनको भनाई छ ।