नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ५, आईतवार १७:५८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही स्थानका ४२ वर्षीय बिनोद यादव रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी मर्यादपुर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ हजार दरका १३ वटा नक्कली नोट बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कविलवस्तुले जनाएको छ ।