अवैध लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्वर २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ३६ मिलिग्रामसहित प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको शनिश्चरे गाउँपालिका–७ बस्ने २१ वर्षीय सनिस राज आङदेम्बे रहेका छन् । उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, प्र.१–०१ –००१ ख ४०४३ नम्बरको बसलाई जाँच गर्नेमा क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको हो । यस्तै, प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका–१० महराखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलोसहित बिहीबार दिउँसो बरामद गरेको छ ।
प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश २–०२–००२ प ४६४१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइल जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । फरार रहेका मोटरसाइकल चालकको खोजतलास हुनुका साथै घाटनको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
