प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चैत्र ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श लिएसँगै विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
ती सदस्यका अनुसार, यद्यपि औचारिक निर्णय भइसकेको छैन । सत्ता साझेदार दलका शीर्ष नेताले चैत्र ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएको हो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
