आजको मौसम : हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ फाल्गुन २९, सोमबार ०८:१२
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार पनि देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।