पाँच जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १५:३६
सांकेतिक तस्वीर

काठमाडौं । देशभरका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, देशको काठमाडौं, धनुषा, लमजुङ र नुवाकोट गरी चार छुट्टछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–४ घर भएका ५० वर्षीय राजेन्द्र राम चमार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला जनाएको छ ।

यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ गोपाल धर्मशाला बस्ने ५० वर्षीय शंकर राउत सोही ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस्तै, धनुषाकै गणेशमान चारनाथ नगरपालिका–६ गोदार दुर्गा मन्दिरस्थित फुलवारीमा सोही ठाउँ बस्ने ५० वर्षीय विन्देश्वर यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, लमजुङको बेसिसहर नगरपालिका–९ मझुवा खोलामा बर्दिया ज्वालामुखी गाउँपालिका–६ स्यालबास घर भई बेशिसहर नगरपालिका–८ डेरा गरी बस्ने ३४ वर्षीय गोपबहादुर बिक पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा ऊक्त खोलामा शव फेला परेको हो ।

यसैगरी, नुवाकोटको उत्तरगया गाउँपालिका–५ बस्ने आईतराम तामाङकी छोरी १७ वर्षीया अस्मिता तामाङ बिदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशुली खोलामा बिहीबार मृत अवस्थामा फेल परेकी छन् । गत सोमबारदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । यी सबै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।