राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं । राष्ट्रपति पदमा नपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार, पौडेल निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । जसमध्ये पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ गरी कूल ५६६ मत प्राप्त गरे ।
यस्तै, उनका प्रतिस्पर्धी नेवाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ गरी २६० मत प्राप्त गरे । यस्तै पाँच मत भने बदर भएको छ ।
