राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन २४, बुधबार ०८:३९
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।