आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ फाल्गुन २१, आईतवार ०८:२८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपरान्हतिर हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।