लोसपाका नेता सर्राफ जनमत पार्टीमा प्रवेश

तु खबर संवाददाता
२०७९ फाल्गुन २०, शनिबार १७:०४

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् । शंखमुलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई सो पार्टीका अध्यक्ष सिके राउतले पार्टीका सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् । पछिल्लो चुनावमा लोसपाले प्रदेश सभा सदस्यका लागि टिकट नदिएपछि उनले तत्कालीन मुख्यमन्त्री लालबाबु राउतका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।