राष्ट्रिय सरोकारको विषयलाई उच्च प्राथमिकतामा राखेर समाचार सम्प्रेशण गर्नुपर्छ : सभामुख

तु खबर संवाददाता
२०७९ फाल्गुन १९, शुक्रबार १८:१३
file-photo

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले संसद बैठकबाट पारित भएको राष्ट्रिय सरोकारको विषय र जनताप्रति उत्तर दायित्व बहन गर्नेखालको समाचारलाई संचारकर्मीहरुले उच्च प्राथमिकतामा राखेर सम्प्रेशण गर्नुपर्ने बताएका छन् ।

बागमती प्रदेश सभा सचिवालयद्वारा चितवनको सौराहमा आज आयोजित संचारकर्मीहरुसँग अन्तरक्रिया तथा संसदीय रिपोटिङ सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभामुख पाठकले संचारकर्मीहरुले संसदको रिपोटिङ गर्दा प्रचारमूखी मात्र नभई संसदले पारित गरेका राष्ट्रिय सरोकारको विषय र जनताप्रति उत्तर दायित्व बहन गर्ने भूमिकालाई उच्च प्राथमिकताको साथ सम्प्रेशण गर्नुपर्ने बताएका हुन् ।

उनले प्रदेश सभाको बैठकबाट सदस्यहरुले उठाएका राष्ट्रिय महत्वको विषयलाई संचारकर्मीहरुले गम्भीरतापूर्वक गहन गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना लगतै प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासमा निकै उत्साहजनक रुपमा अघि बढेको चर्चा गरे ।

सभाुमख पाठकले प्रदेश सभाको वर्षे र हिउँदे अधिवेशन बैठकले प्रदेश सरकारलाई मार्ग दर्शन गर्ने र विभिन्न विधेयकको दफावार छलफल गर्न, बजेट र योजनाको बाँडफाड गर्ने क्रममा प्रदेश सभाका सदस्यहरुले उठाएका विषयहरुलाई महत्व दिनुपर्नेमा जोड दिए ।

यस्तै, सोही अवसरमा उपसभामुख अप्तरा चापागाईँले कृषि, पर्यटन, वनस्पतिको प्रवद्र्धन, वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका मानव बस्तीलाई संरक्षण गर्दे विधेयक, राष्ट्रिय गौरबका आयोजनाहरु लगायत सरकारको ध्यानाकर्षण गर्नेखालको समाचारलाई सम्प्रेशण गरी सर्वसाधारणलाई सूचना उपलब्ध गराउन आग्रह गरिन् ।

उक्त कार्यक्रममा प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमतीका कार्यबहाक अध्यक रुपेश दुलाल र संसद सचिवालयका अधिकृत सुन्दर बास्कोटाले मनतव्य व्यक्त गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा संसदमा रिपोटिङ गर्ने मकवानपुरका ३७ र चितवनको ३ जना गरी ४० जना संचारकर्मीहरुको सहभागीता रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।